आईजीजेएफ -मा समर्थन जनाउने क्रम जारी छ। यसैक्रममा सोमवार गोर्खा जनमुक्ति मोर्चा तीनधारे-महानदी समष्टि युवामोर्चा अध्यक्ष उकाश प्रधान आफ्ना दलबलसहित अजय एडवर्ड्सलाई समर्थन जनाउँदै इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भए। पार्टीका केन्द्रीय संयोजक अजय एडवर्ड्सले सबैलाई स्वागत जनाए। पार्टीमा सामेल भएपछि उकासले आफ्नो मन्तव्य पोख्दै अजय एडवर्ड्सको साथ लागेर जातिको निम्ति काम गर्न ईश्वरले आफूलाई बचाएको बताए। पहिले आफू जोशमा राजनीति गरेको र अब होशमा राजनीति गर्ने पनि उनले बताए।
अर्कोतिर, तीनधारे महानदी समष्टि भाजपा युवा एकाईका अध्यक्ष अभिजीत दास, समष्टि सचिव विकास बराइली लगायत अन्य कार्यकर्ताहरू इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भए। पार्टीमा सामेलपछि समष्टि युवा इकाइ अध्यक्ष दासले भाजपा र तृणमूल कंग्रेस पहाडप्रति गम्भीर नरहेको जनाउँदै पहाड अनि पहाडको मुद्दाप्रति भाजपा नेतृत्वहरू इमान्दार नरहेको देखेर नै आफूहरूले भाजपा छोडी इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको बताए। सबैलाई पार्टी संयोजक अजय एडवर्ड्सले खदा लगाएर पार्टीमा स्वागत जनाउने काम गरे।
यसैगरी, सोनादा-पचेङ समष्टिका रमेश राईसहित 9 परिवारले पनि सोमवार आईजीजेएफ-को झण्डा समाए।
Leave a Comment